सोमवार, श्रावण २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ साउन । खोटाङको दिक्तेलमा आयोजित प्रथम केएफए अन्तर संस्था पुरुष फुटबल प्रतियोगीताको प्रथम उपाधि नेर्पा स्पोर्टस क्लबले जितेको छ ।
खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको प्रतियोगीताको सोमबार भएको फाइनल खेलमा आयोजकलाई हराउँदै नेर्पा स्पोर्टस क्लबले प्रथम उपाधि जितेको हो ।
गत १५ साउनदेखि माटिकोरे खेलमैदानमा जारी प्रतियोगीतामा साकेला गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको खोटाङ फुटबल एकेडेमी (केएफए)ले जनाएको छ ।
प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः ४४ हजार ४४४, २२ हजार २२२ र ११ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगीतामा कार्यालय, क्लव तथा संघसंस्था गरी २२ टिमको सहभागीता रहेको थियो । झरी वर्षाका बीचमा सञ्चालित प्रतियोगीतामा जिल्ला अस्पतालले अनुशासित टिमको उपाधि हात पारेको छ ।
यस्तै, उत्कृष्ट गोल किपर केएफएका सुरेश राई, उत्कृष्ट डिफेन्डर केएफएका भिषण राई, उत्कृष्ट मिडफिल्डर नेर्पा स्पोर्टस क्लबका अविरल राई, हाइस्कोरर जिल्ला फुटबल संघका सोनित राई, बेष्टकोच नेर्पा स्पोर्टस क्लबका सरोज गुरुङ र प्लेयर अफ द टुर्नामेन्टको उपाधि नेर्पा स्पोर्टस क्लबका युवराज राईले पाएका छन् ।
विद्यागत उत्कृष्ट खेलाडीलाई जनही दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको खोटाङ फुटबल एकेडेमी (केएफए)का अध्यक्ष नूरकाजी शैंजूले बताए ।
विजेता टिम तथा खेलाडीलाई साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।