सोमवार, श्रावण २३ २०७९
नेपाल वाइड
काठमाण्डौ, २३ असार । गृह–मन्त्रालयले अपमानजनक शव्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्र सच्याउने व्यवस्था मिलाउने भएको छ ।
विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्रमा अपमानजनक शव्द प्रयोग गरिएको समाचार सार्वजनिक भएपछि गृह–मन्त्रालयले अपमानजनक शव्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्र सम्वन्धित व्यक्तिले सच्याउन माग गरे आवश्यक प्रकृया पुरा गरी सच्याउने व्यवस्था मिलाउने भएको हो ।
गृह–मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञाप्ती जारी गर्दै आगामी दिनमा अपमानजनक शव्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने जानकारी दिएका छन् ।