Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल रुपाकोट मझुवागढी बन्यो पुर्ण खोप सुनिश्चितता नगर

    दिक्तेल रुपाकोट मझुवागढी बन्यो पुर्ण खोप सुनिश्चितता नगर


    • शनिवार, आषाढ ३२ २०७९

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी  बन्यो पुर्ण खोप सुनिश्चितता नगर
    पुर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रममा उपस्थित अतिथि लगायत । तस्बीरः दमन राई

    खोटाङ, ३२ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई शनिबार पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

    जिल्ला समन्वय समितिको समिक्षालय हलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् ।

    आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समुहका सबै ६५१ बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

    जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १३ रोग बिरुद्धको खोपको मात्रा पुर्णरुपमा पाएको आधारमा नगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका बनेको हो ।

    सामान्यतः १५ महिनामा दादुराको दोश्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिवद्ध रहेको भन्दै प्रतिवद्धता–पत्रमा हस्ताक्षर सामुहिक गरेका छन् ।

    नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको ‘र्‍याण्डम’ अनुगमनपछि जिल्ला खोप समन्वय समितिले पुर्ण खोप सुनिश्चितता घोषणाका लागि दिएको अनुमतीका आधारमा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

    पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमको अवशरमा स्वास्थ्य चौकी दोर्पाचिउरीडाँडाकी महिला स्वास्थ्य स्वयंसेबिका तारादेबी राईलाई नगद १५ हजार सहित उत्कृष्ट स्वंयमसेविका पुरस्कार प्रदान गरिएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल, दलका नेता, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    गत १५ असारमा हलेसी तुवाचुङ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको थियो । खोटाङलाई १४ पुस २०७४ मा ३१ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।

    fully vaccinated diktel_khotang1.JPG

    पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि हस्ताक्षर गर्दै महिला स्वास्थ्य स्वयंसेविका ।

    सम्बन्धित समाचार