Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा ‘खोटाङ प्रतिभा २०७९’ को तयारी

    खोटाङमा ‘खोटाङ प्रतिभा २०७९’ को तयारी


    • शुक्रवार, आषाढ १७ २०७९

    • नेपाल वाइड


    खोटाङमा ‘खोटाङ प्रतिभा २०७९’ को तयारी
    खोटाङ प्रतिभा प्रतियोगीताको बारेमा जानकारी दिँदै खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई ।

    खोटाङ, १७ असार । खोटाङ कलाकार समाज, काठ्माडौंले एकैसाथ गायन, नृत्य र साँस्कृतिक प्रतिभा प्रतियोगीताको तयारी गरेको छ । समाजले शुक्रबार दिक्तेलबजारमा पत्रकार सम्मलेन गर्दै आगामी माघ–फागुनमा खोटाङ गायन प्रतिभा, खोटाङ नृत्य प्रतिभा र खोटाङ प्रतिभा २०७९ प्रतियोगीताको तयारी गरेको जानकारी दिएको हो ।

    खोटाङको गाउँ वस्ती, टोलटोलमा लुकेर रहेका गायन, नृत्य र स्थानीय साँस्कृतिक प्रतिभाहरुलाई मध्यनजर गर्दै गायन, नृत्य र साँस्कृतिक प्रतिभा प्रतियोगीताको तयारी गरिएको खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले बताए ।

    प्रथम चरणमा खोटाङका १० वटै स्थानीय तहमा पालिका स्तरिय र पालिका स्तरिय प्रतियागीताबाट छानिएका तीन विद्याका उत्कृष्ट ३० प्रतियोगीबिचमा अन्तरपालिका स्तरिय प्रतिष्पर्धा गराएर जिल्ला स्तरिय प्रतिभा घोषणाको तयारी गरिएको समाजले जनाएको छ ।

    उत्कृष्ट घोषित प्रतिभालाई आफ्नो कलालाई व्यवसायीकता दिनुका साथै समाज र जिल्लाप्रति उत्तरदायी र प्रभावकारी भूमीका निर्वाहका लागि प्रोत्साहित गरिने अध्यक्ष राईले जानकारी दिए । समाजले जिल्लाका स्थानीय तहसँग हातेमालो गर्दै गायन, नृत्य र प्रतिभा प्रतियोगीता गर्न लागेको हो ।

    पालिका स्तरिय गायन र नृत्य प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीलाई त्र mमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने छ । एक जनालाई ३० हजारको प्रतिभा पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।

    यस्तै, जिल्ला स्तरिय गायन र नृत्य प्रतियोगीताका प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने प्रतिभालाई क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने समाजका महासचिव धर्मराज पोखरेलले बताए ।

    यस्तै १ लाख राशीको खोटाङ प्रतिभा पुरस्कार एक जनालाई प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । खोटाङको प्रत्येक गाउँ, नगर र बस्तीमा लुकेर रहेको उत्कृष्ट प्रतिभालाई खोजेर उनीहरुको कलालाई जिल्ला र देशव्यपी रुपमा चिनाउने लक्ष्यका साथ प्रतियोगीता आयोजना गर्न लागिएको हो । प्रतियोगीतालाई कम्तीमा दुई वर्षको अवधिमा निरन्तरता दिइने जनाइएको छ ।

    यस्तै, समाजले आगामी १८ भदौमा काठ्माण्डौंमा खोटाङ बिशेष सांगीतिक कार्यक्रमको तयारी गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा गायीका कला राई, बिक्रम राई, मीना राई, अनिल राई, गीतकार भुवन पारुहाङ लगायतको उपस्थिति रहेको थियो ।

    जिल्लाका स्थापितदेखि संघर्षरत कलाकारलाई एउटै छानामुनि गोलवद्ध गरेर संस्थागत रुपमा योगदान दिन र लक्ष्य प्राप्ती गर्ने उद्धेश्य बोकेर २०७७ साल असोजमा कलाकार समाजको स्थापना गरिएको हो ।

    सम्बन्धित समाचार