Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    १७१ ज्येष्ठ नागरिकलाई पावरवाला चश्मा

    १७१ ज्येष्ठ नागरिकलाई पावरवाला चश्मा


    • बिहिवार, आषाढ ९ २०७९

    • नेपाल वाइड


    १७१ ज्येष्ठ नागरिकलाई पावरवाला चश्मा
    निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रममा आखाँ जाँच गराउदै जेष्ठ नागरिकहरु ।

    खोटाङ, ९ असार । खोटाङका १७१ ज्येष्ठ नागरिकलाई पावरवाला चश्मा वितरण गरिएको छ । ज्येष्ठ नागरिकका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक संघको समन्वयमा नेपाल नेत्र ज्योती संघले बिहिबार दिक्तेलमा आयोजना गरेको निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई आवश्यकताको आधारमा पावरवाला चश्मा प्रदान गरिएको हो ।

    पावरवाला चश्माको सहयोगमा उज्यालो देख्न पाउँदा ज्येष्ठ नागरिक हर्षित हुँदै घर फर्किएका छन् । संघले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्ष्यित गर्दै आँखा उपचार केन्द्र दिक्तेलमा निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रममार्फत १७४ ज्येष्ठ नागरिकले आँखा जाँच गराएका छन् । निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रममार्फत मोतयिाबन्दिुको अप्रेसन गर्नुपर्ने ४५ बिरामीको पहिचान गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए । मोतियाबिन्दुको अप्रेसनका लागि पहिचान गरिएका ज्येष्ठ नागरिकलाई पुःन बोलाएर आँखाको शल्यक्रीया गरिने नेत्र ज्योती संघले जनाएको छ ।

    सम्बन्धित समाचार