Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    बाक्सिला फुटबल क्लवलाई जर्सी सेट सहयोग

    बाक्सिला फुटबल क्लवलाई जर्सी सेट सहयोग


    • शुक्रवार, जेठ २७ २०७९

    • नेपाल वाइड


    बाक्सिला फुटबल क्लवलाई जर्सी सेट सहयोग
    फुटबल क्लवका अध्यक्ष शिव राईलाई जर्सी सेट हस्तान्तरण गर्दै केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई ।

    खोटाङ, २७ जेठ । खोटाङको बाक्सिला फुटबल क्लवलाई पूर्व खेलाडी तथा युके आर्मीमा कार्यरत रवि राईले जर्सी सेट सहयोग गरेका छन् ।

    केही समयअघि सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगीता अन्तरगत (ए) डिभिजन लिगमा च्याम्पियन बनेर प्रदेश नं. १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगीतामा सहभागी हुन इटहरी पुगेको बाक्सिला फुटबल क्लवलाई हाल युकेमा रहेका राईले ५० हजार बराबरको जर्सी सेट प्रदान गरेका हुन् ।

    केपिलासगढी गाउँपालिका–४ बाक्सिला स्थायी ठेगाना भएका राईले उपलव्ध गराएको जर्सी सेट बिहिबार इटहरीमा आयोजित कार्यक्रममा केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले फुटबल क्लवका अध्यक्ष शिव राईलाई हस्तान्तरण गरेका छन् ।

    पूर्व खेलाडी तथा युके आर्मी राईबाट जर्सी, हाफपाइन्ट र सक्स प्राप्त भएको बाक्सिला फुटबल क्लवका अध्यक्ष राईले जानकारी दिए ।
    इटहरी फुटबल क्लवको संयोजन एवं प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रदेश नं. १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगीता बिहिबार इटहरी प्रादेशिक रंगशालामा सुरु भएको हो ।

    बाक्सिला फुटबल क्लवले शुक्रबार दिउँसो ३ बजे ताप्लेजुङको मानभारा स्पोर्टिङ क्लवसँग प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगीता १ असारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार