शनिवार, जेठ २१ २०७९
नेपाल वाइड
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पर्ने तुवाचुङ जायजुमडाँडामा सुप्तुलुङ (चुला) पुजा तथा साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको उद्गम थलोका रुपमा मानिँदै आएको तुवाचुङ जायजुमडाँडामा साकेला उभौली चाडको अवसरमा शनिबार नछुङमार्फत चुला पुजाका साथमा साकेला सिली प्रदर्शन गरिएको हो ।
अग्लो डाँडामा रहेको तुवाचुङ जायजुमलाई ‘हिन्दुको पशुपतिनाथ, बौद्धको लुम्बिनी’ जस्तै किरात समुदायको ऐतिहासिक आस्थाको केन्द्र मान्ने गरिएको छ ।
ऐतिहासिक एबं पर्यटकीय स्थल तुवाचुङ जायजुममा पितृको सम्झना एबं संस्कार संस्कृतिको संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिले हरेक वर्ष (चुला) पुजा तथा साकेला सिली प्रदर्शन गर्दैआएको छ ।








