Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रगतीशिल युवा सञ्जालले गरे मझुवागढी परिषर सरसफाई

    प्रगतीशिल युवा सञ्जालले गरे मझुवागढी परिषर सरसफाई


    • शनिवार, जेठ १४ २०७९

    • नेपाल वाइड


    प्रगतीशिल युवा सञ्जालले गरे मझुवागढी परिषर सरसफाई
    प्रगतीशिल युवा सञ्जालका युवाहरु खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिषर सरसफाई गर्दै ।

    खोटाङ, १४ जेठ । प्रगतीशिल युवा सञ्जालले खोटाङले धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिषर सरसफाई गरेको छ । सञ्जालमा आवद्ध युवाको समुहले शनिबार दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती देविस्थान जाने सिँढी तथा गढी परिषर आसपासमा यत्रतत्र छरिएका फोहोरमैला सरसफाई गरेको हो ।

    दर्शन एबं भ्रमणका लागि मझुवागढी जाने स्थानीयले जथाभावी मिल्काएका शिशा तथा प्लाष्टिकका बोत्तल, बिस्कुट, चाउचाउ लगायतका फोहोरमैला संकलन गरेर जलाइएको प्रगतीशिल युवा सञ्जालका अध्यक्ष यलम्बर राईले बताए ।

    दैनिकजसो दर्शन गर्ने र भ्रमण गर्नेको ओहोर–दोहोर हुने मझुवागढीमा फोहोरमैला उचित व्यवस्थापन हुन नसकेको अवस्थामा युवाले सरसफाई अभियान चलाएको हो । केही समयपछि पनि मझुवागढी सरसफाई अभियानलाई निरन्तरता दिइने सञ्जालले जनाएको छ । सञ्जालले मझुवागढीमा लगातार दुई पटक सरसफाई गर्ने योजना अघि सारेको छ ।

    kkkl.jpg

    प्रगतीशिल युवा सञ्जालका युवाहरु खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिषर सरसफाई गर्दै ।

    गढीको स्वच्छता र सुन्दरताका लागि फोहोरमैला संकलन गर्न युवाले दुई स्थानमा बाँसको डस्बिन राखिदिएका छन् । सरसफाई अभियानमा सञ्जालमा आवद्ध १८ युवाको सहभागीता रहेको थियो । समाजमा हरेक क्षेत्रमा भएका बिकृति र बिसंगती बिरुद्ध अभियान चलाउने लक्ष्यका साथ स्थापना गरिएको सञ्जालमा जिल्लाका ५० युवा आवद्ध छन् ।

    समाजका खराब कामलाई निरुत्साहित गर्दै सकरात्मक कामलाई प्रोत्साहित गर्नेगरी अभियान थालिएको सञ्जालका प्रधान व्यवस्थापक चिरन्जिवी रिजालले बताए । सामाजिक अभियान्ताको रुपमा काम गर्ने लक्ष्य सहित स्थापना गरिएको सञ्जालको प्रधान व्यवस्थापकमा चिरञ्जिवी रिजाल, संयोजकमा महेश आचार्य, सह–संयोजकमा मुकुनद रेग्मी छन् ।

    यस्तै, अध्यक्षमा यलम्बर राई, उपाध्यक्षमा सन्तोष रिजाल र सन्तोष दर्नाल, सचिवमा चिरञ्जिवी रिजाल, सहसचिव नविन आचार्य, कोषाध्यक्ष निर्मला आचार्य, सहकोषाध्यक्ष लोकमणी ढुंगाना छन् । सदस्यमा नविन आचार्य, कमल आचार्य, इन्द्र आचार्य, गणेश आचार्य, पारसमणी रिजाल, सुरज आचार्य रहेको सञ्जालले जनाएको छ । क्याप्सनः मझुवागढी परिषर सरसफाई गर्दै प्रगतीशिल युवा सञ्जालमा आवद्ध युवाको समुह ।

    सम्बन्धित समाचार