सोमवार, जेठ ९ २०७९
नेपाल वाइड
खोटाङ, ९ जेठ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पिडित प्रितीशोभा राईले सहयोगको याचना गरेकी छन् ।
क्यान्सर भएपछि हाल यती अस्पताल बाफलमा उपचार गराइरहेकी राईले उपचारका लागि सहयोगी तथा शुभेच्छुक समक्ष सहयोगको याचना गरेकी हुन् । क्यान्सरको निदानका लागि आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नुपरेको राई परिवारले बताएका छन् ।
क्यान्सर पिडितको सहयोगका लागि छोरी युनिसा राईको नाममा एनआइसि एसिया बैंक, सामाखुखीमा खोलिएको खाता नम्बर १७८७०२४१२४८५२४०१ मा सहयोग रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर पिडितको उपचार खर्च जुटाउनका लागि आफन्तले ‘प्रितीशोभा राई बचाउ’ अभियान चलाइरहेका छन् ।
बिरामीको सहयोगार्थ वडा कार्यालय महेश्वरीले गत २१ बैसाखमा सिफारिस दिएको थियो । राईलाई पोसिव्ली पुअर्ली डिफिरेन्सियटेड एडिनोकारसिनोमा पूष्टि भएको छ ।