Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगा गाउँपालिकामा टेलीफोनमा समस्या

    जन्तेढुंगा गाउँपालिकामा टेलीफोनमा समस्या


    • शनिवार, जेठ ७ २०७९

    • नेपाल वाइड


    जन्तेढुंगा गाउँपालिकामा टेलीफोनमा समस्या
    चिसापानी बजार ।

    खोटाङ, ७ जेठ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा टेलीफोनमा समस्या दोहोरिएको छ । ३ जेठदेखि एनटिसी फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको हो । गाउँपालिकाको केन्द्र चिसापानीबजारमै फोन नटिप्ने समस्या दोहोरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए ।

    जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या आउने गरेको छ । तर नेपाल टेलीकमले यसको दिर्घकालिन हल गर्न ध्यान नदिएको बिष्टले बताए ।

    नवनिर्वाचित गाउँपालिका अध्यक्ष अरुणादेबी राईकै वडा जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा समेत फोनको समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाई हुँदा सेवाग्राही मारमा परेका छन् । गत चैत दोश्रो हप्ता पनि जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या देखिएको थियो ।

    सम्बन्धित समाचार