Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङको बाहुनीडाँडामा थप दुई जना कालाजारका बिरामी भेटिए

    खोटाङको बाहुनीडाँडामा थप दुई जना कालाजारका बिरामी भेटिए


    • सोमवार, बैशाख ५ २०७९

    • नेपाल वाइड


    खोटाङको बाहुनीडाँडामा थप दुई जना कालाजारका बिरामी भेटिए
    कालाजारको पहिचानका लागि स्थानीयको रक्त नमुना संकलन गर्दै स्वास्थ्यकर्मी ।

    खोटाङ, ५ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा थप दुई जनालाई कालाजार संक्रमण भएको पुष्टि भएकोे छ । नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले सोमबार बाहुनीडाँडामा आयोजना गरेको कालाजार नियन्त्रण र उपचार सम्वन्धी केस बेस सर्भिलेन्स कार्यक्रम अन्तरगत रगत परिक्षण गर्दा दुई जनालाई कालाजार लागेको पत्ता लागेको हो ।

    स्थलगत रुपमा सय जनाको रक्त नमुना संकलन गरेर आरडिटी विधिबाट परिक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।

    बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट संक्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस बेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. बैभव मल्लिकले बताए ।

    kalaljar.jpg

    कालाजारको पहिचानका लागि परिक्षणमा भेला भएका बाहुनीडाँडाका स्थानीय । तस्बीरहरुः दमन राई

    चैत दोश्रो साता मात्र ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पूष्टि भएको थियो । यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार संक्रमितको संख्या ६ पुगेको छ ।

    कालाजारबाट संक्रमितलाई जनही दुई हजार यातायात खर्च उपलव्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने प्रवन्ध मिलाइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए ।

    बाहुनीडाँडाको विभिन्न वस्तीमा २०७७ साउन यता कालाजार देखा परेको हो । आर्थिक वर्ष २०७६/०७७ मा चार जनालाई र आर्थिक वर्ष २०७७/०७८ मा एक जनालाई कालाजार पूष्टि भएको थियो । तर नगरपालिकाको स्वास्थ्य शाखामा गत वर्ष र त्योभन्दा अघिल्लो वर्ष १० जनालाई कालाजार लागेको तथ्यांक छ ।

    सम्बन्धित समाचार