Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    फुटबल संघ खोटाङको अध्यक्षमा पुःन ध्रुबबिक्रम

    फुटबल संघ खोटाङको अध्यक्षमा पुःन ध्रुबबिक्रम


    • सोमवार, बैशाख ५ २०७९

    • नेपाल वाइड


    फुटबल संघ खोटाङको अध्यक्षमा पुःन ध्रुबबिक्रम
    जिल्ला फुटबल संघ खोटाङको नवनिर्वाचित पदाधिकारी ।

    खोटाङ, ५ बैसाख । जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त फुटबल संघको सोमबार सम्पन्न प्रथम अधिबेसनबाट राई पुःन अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । राई यसअघि जिल्ला फुटबल संघको तदर्थ समिति अध्यक्ष थिए ।

    संघको उपाध्यक्षमा समीर राई, उद्धब राई र रोशेस श्रेष्ठ, महासचिवमा काजिमान राई र कोषाध्यक्षमा रोशन राई चयन भएका छन् । फुटबल संघको सदस्यमा कमल चाम्लिङ राई, भानु राई, बिनोद तिरुवा, सुमन पुमा र सनम राई चयन भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अधिबेसन फुटबल संघका प्रदेश उपाध्यक्ष प्रबिण सुवालले उद्घाटन गरेका थिए ।

    खोटाङमा २०७३ सालमा जिल्ला फुटबल संघ स्थापना गरिएको थियो । फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आवद्ध छन् ।
    जिल्ला फुटबल संघको पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थायी सदस्यता प्राप्त गरेको हो ।

    २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको फुटबल संघका नवनिर्वाचित अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार