Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    दिक्तेल मेयर कपको उपाधि योङ व्वाईज फुटवल क्वबलाई

    दिक्तेल मेयर कपको उपाधि योङ व्वाईज फुटवल क्वबलाई


    • शुक्रवार, चैत्र १८ २०७८

    • नेपाल वाइड


    दिक्तेल मेयर कपको उपाधि योङ व्वाईज फुटवल क्वबलाई
    विजेता टिमलाई ट्रफि हस्तान्तरण गर्दै मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवी राईलगायत ।

    खोटाङ, १८, चैत्र । खोटाङमा आयोजित दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीताको उपाधि योङ व्वाईज फुटवल क्वब दिक्तेलले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शुक्रबार भएको फाईनल खेलमा बाहुनीडाँडा फुटवल क्लवलाई ३ का विरुद्ध ५ गोल गर्दै योङ व्वाईज फुटवल क्वब दिक्तेलले मेयर कपको उपाधि जितेको हो ।

    फाईनल खेल शुरु भएको २४ औ मिनेटमा बाहुनीडाँडा फुटवल क्लवकातर्फबाट पहिलो गोल भएको थियो । योङ व्वाईज फुटवल क्लवका खेलाडीलाई पहिलो हापमा दवावमा राखेको बाहुनीडाँडाले खेलको ८२ औ मिनेटमा आफ्नै डिबक्स सम्हाल्न नसक्दा व्याईजले १ गोल गर्दै खेल पेनाल्टी सुटआटमा धकेलिएको थियो ।

    निर्धारित समयमा १/१ गोलमात्र भएपछि पेटाल्टी सुटआटमा बाहुनीडाँडा फुटवल क्लवलाई ३ का विरुद्ध ५ गोल गर्दै योङ व्वाईज फुटवल क्वब दिक्तेलले मेयर कपको उपाधिमाथि कब्जा जमाएको हो ।

    बाहुनीडाँडा फुटबल क्लवका खेलाडीले प्रहार गरेको पेनाल्टी गोलपोष्टमा ठोक्किएर बाहिरिएपछि बाहुनीडाँडाले उप–विजेतामै सिमित हुनु परेको छ । योङ व्वाईजले उपाधिसंगै नगद १ लाख २५ हजार, शिल्ड, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।

    यस्तै, उपविजेता बाहुनीडाँडा फुटवल क्लवले नगद ६५ हजार शिल्ड, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । १६ टिमको सहभागीता रहेको प्रतियोगीताको सेमीफाइनलिष्ट बनेका युनिटि फुटवल क्वल बाक्सिला र सप्तेश्वर फुटबल क्लव सप्तेश्वरले नगद २०/२० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    kfa.jpg

    उपाधि विजेता योङ व्वाईज फुटवल क्वब दिक्तेलका खेलाडीहरु खुशीयाली मनाउदै ।

    यस्तै खोटाङ फुटबल एकेडेमी (केएफए)द्धारा आयोजित दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीतामा विभिन्न ६ विधाका उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरेको छ ।

    प्रतियोगिताका उत्कृष्ट गोलरक्षक योङ व्वाईज फुटवल क्वबका निसान विश्वकर्मा (रोजित), उत्कृष्ट मिडफिल्डर बाहुनीडाँडा फुटबल क्लवका विनोद राई, उत्कृष्ट डिफेन्डर नेर्पा स्र्पाेटस क्लवका विशाल राई र बाहुनीडाँडा फुटबल क्लवका डिकेन्स राई सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन ।

    यस्तै, प्रतियोगिताभर खेलाडीलाई अनुशासित, मर्यादित रुपमा खेलमा सहभागी गराएको भन्दै बाहुनीडाँडा फुटबल क्लवका दिलिप वाम्बुले उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनहि ५ हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने बाहुनीडाँडा फुटबल क्लवका डिकेन्स राई उत्कृष्ट खेलाडी घोषित भएका छन ।

    उत्कृष्ट खेलाडीका रुपमा डिकेन्सले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको खोटाङ फुटबल एकेडेमी (केएफए)का सचिव कृष्ण कुमार श्रेष्ठ (मणि)ले जानकारी दिनुभयो ।

    यस्तै, प्रतियोगितामा सहयोग गर्ने सहयोगीहरुलाई आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले प्रसंशापत्र सहित सम्मान  गरेको छ । विजेता टिमलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवी राईलगायतले पुरस्कार हस्तान्तरण गरेका छन ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मूख्य प्रायोजक रहेको ‘स्थानीय खेलाडी र क्लवको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित सञ्चालन गरिएको प्रतियोगीतामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका आधिकारिक टिमलाई मात्र प्रतियोगीतामा सहभागी गराइएको इभेन्ट मेनेजर प्रशिक्षक रोशेस श्रेष्ठले बताए ।

    दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास लगत्तै दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता आयोजना गरिएको प्रतियोगीताका इभेन्ट मेनेजर प्रशिक्षक श्रेष्ठले बताए । एकेडेमीले २०७४ साल र २०७७ सालमा फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो ।

    सम्बन्धित समाचार