Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    लक्ष्मी माबिः प्रअको विषयमा जहिल्यै किचलो

    लक्ष्मी माबिः प्रअको विषयमा जहिल्यै किचलो


    • मंगलवार, चैत्र १५ २०७८

    • नेपाल वाइड


    लक्ष्मी माबिः प्रअको विषयमा जहिल्यै किचलो
    हलेसी तुवाचुङ नगरपालिका ।

    खोटाङ, १५ चैत । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मी माबिमा निमित्त प्रअ नियुक्ती गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    वडा कार्यालय बडहरेको सिफारिसमा प्रअ नयनकुमार राईलाई निलम्बन गर्दै केदारप्रसाद शाहलाई निमित्त प्रअ तोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्नका लागि उच्च अदालतले हलेसी तुवाचुङ नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    न्यायधिस ठाकुरप्रसाद शर्मा र श्यामजी प्रधानको संयुक्त इजलासले निबेदक राईलाई अपुरणीय क्षति हुनसक्ने तथा संविधान सन्तुलनको दृष्टिबाट रिट निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि उल्लेखित निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

    वडा कार्यालयको सिफारिसमा नगरपालिकाले गत १६ फागुनमा प्रअ राईलाई निलम्बन गर्ने र सो ठाउँमा शाहलाई नियुक्ती निर्णय गरेको थियो ।

    सो निर्णय सहितको पत्र २० फागुनमा विद्यालयमा पुगेपछि शाह २१ फागुनमा निमित्त प्रअ बनाइएका थिए । सोही निर्णय विरुद्ध राईले अदालतमा उत्प्रेषण मिश्रित, परमादेश निषेधाज्ञा मुद्धा हालेका थिए । अदालतको अन्तरिम आदेश अनुसार विद्यालयमा पुःन प्रअको जिम्मेवारी फर्केर काम गर्ने वातावरण बनेको प्रअ राईले बताए ।

    court oders for hm nayan photo.jpg

    तत्कालिन प्रअ ऋषीराम पोखरेलले २२ फागुन २०७६ मा राजीनामा दिएपछि व्यवस्थापन समितिले पोखरेलको राजीना स्वीकृत गर्दै २६ असारमा राईलाई प्रअमा नियुक्त गरेको थियो ।

    त्यसको केही समयपछि नगरपालिकाले सबै माबिमा माबि तहकै शिक्षकलाई मात्र प्रअ बनाउने गरी शिक्षकको सरुवा अभियान चलाएको थियो । नगरपालिकाका चार माबिमा राई सहित चारजना प्रअ मावि तहकै थिए ।

    अन्य तीन प्रअलाई यथास्थानमा राख्दा राईलाई भने च्यास्मीटार माबिमा सरुवा गरिए । आफुलाई मात्र सरुवा गरेको भन्दै प्रअ राईले च्यास्मीटार माविमा जान अस्वीकार गर्दै अदालत पुगेपछि लक्ष्मी माविमा प्रअ ‘हटाउने र यथास्थानमा राख्ने’ खेल सुरु भएको हो ।
    प्रअ राई नगरपालिका विरुद्ध २०७६ भदौ, २०७७ साल माघ र २०७८ फागुनमा अदालत पुगेका थिए ।

    अदालतको दुई फैसला आफ्नै पक्षमा आएपछि विद्यालयको नियमित काम गरिरहेको अवस्थामा नगरपालिकाले निलम्बन गर्दै शाहलाई निमित्त प्रअ बनाउने प्रपञ्च रचिएको प्रअ राईले बताए ।

    वडा कार्यालय बडहरे र नगरपालिकामा कांग्रेसको नेतृत्व छ । प्रअ राई एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटिका अध्यक्ष छन् । यही राजनीतिक कारण पनि नगरपालिका र प्रअ राईबिच ‘हटाउने र नहट्ने’ द्धन्द्ध निम्तिएको कतिपयको बुझाई छ ।

    सम्बन्धित समाचार