Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आफु मातहत कर्मचारीको सरुवा बदर गर्न गृह–मन्त्रालयको पत्राचार

    आफु मातहत कर्मचारीको सरुवा बदर गर्न गृह–मन्त्रालयको पत्राचार


    • सोमवार, चैत्र १४ २०७८

    • नेपाल वाइड


    आफु मातहत कर्मचारीको सरुवा बदर गर्न गृह–मन्त्रालयको पत्राचार
    फायल तस्बिर

    खोटाङ, १३ चैत । गृह–मन्त्रालयले आफु अन्तरगतका निकायबाट अन्य मन्त्रालय सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई शुक्रबार पत्र पठाउँदै गृह–मन्त्रालयले आफु मातहत काम गरिरहेको अवस्थामा समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा सरुवा भएका कर्मचारीको सरुवा बदर गर्न भनेको हो ।

    केही कर्मचारीको अन्यत्र मन्त्रालय वा निकायमा सरुवा हुँदा आसन्न स्थानीय तहको निर्वाचन, राष्ट्रिय परिचय–पत्र वितरण, ई–पासपोर्ट लगायतका कामहरु सहजढंगबाट सम्पादन हुन कठिनाई भइरहेको उल्लेख गर्दै गृह–मन्त्रालयले सरुवा बदरको अनुरोध गरेको जनाएको छ ।

    गृह मन्त्रालय र अन्तरगतका निकायबाट सम्पादन हुने कामको प्रकृति र कार्य चाप बढिरहेको सन्दर्भमा कर्मचारीको रिक्तताको कारण सेवा प्रवाहमा कठिनाई सिर्जना भएको जनाउँदै गृह–मन्त्रालयले समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा आफ्नो कर्मचारीको सरुवा नगर्न गत १० असोज र ५ मंसिरमा पनि पत्र पठाएको थियो ।

    मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा तल्लो पद/श्रेणी (नायव सुव्वा/खरिदार) स्तरका रिक्त पदमा दरबन्दी अनुसारका कर्मचारी खटाएर सहयोग गर्न भनेको छ ।

    सम्बन्धित समाचार