Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    साहित्य

    पुनरागमनको पर्खाइ

    पुनरागमनको पर्खाइ


    • बुधवार, चैत्र ९ २०७८

    • नेपाल वाइड


    पुनरागमनको पर्खाइ
    कवि पवन खड्का

    पुनरागमनको पर्खाइ

    आउनु र जानुमा
    कति धेरै फरक छ
    मेरो जीवनमा तिमी आउँदा
    तिमी मात्रै आएकी थिईनौ
    तिमीसँगै आएका थिए खुशीहरू
    तिमी साथ हुँदा
    धेरैथोक नभएर पनि
    सबैथोक भए जस्तो लाग्थ्यो
    दुःखहरूले दुखाउँदैनथे
    तर,
    जब तिमी गयौ
    तिमी मात्रै गईनौ
    तिमीसँगै गए खुशीहरू
    तिमी साथ नहुँदा
    सबैथोक भएर पनि
    केही नभए जस्तो लाग्दैछ
    बिना दुःख दुख्न थालेको छुु ।
    ओ प्रिया !
    यो कुनै त्यस्तो बाटो हैन
    जुन एकपल्ट हिँडेपछि
    अर्कोपल्ट हिँड्न मिल्दैन
    कहिलेकाहीँ हिँड्ने बाटाहरूमा
    काँडा हुन सक्छन्
    काँडादेखि तर्सिएर
    गन्तव्य नपुग्दै फर्किनुभन्दा
    काँडा पन्छाएर
    गन्तव्यसम्म पुग्नु
    बुद्धिमानी हो
    त्यसैले म भन्छु
    आऊ,
    हाम्रो यात्रामा अवरोध गर्ने
    काँडा पन्छाएर
    त्यो अधुरो यात्रा पूरा गरौँ
    गन्तव्य टुटेको
    वर्षौँपछि पनि
    म त अझैसम्म
    तिम्रै पुनरागमनको पखाईमा छु
    र,
    त्यो बाटो पनि
    तिम्रो पदचाप कुरिरहेको छ
    जहाँबाट हाम्रो
    यात्रा सुरु भएको थियो ।

    कवि पवन खड्का

    सम्बन्धित समाचार