Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वैदेशिक रोजगारसम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै

    वैदेशिक रोजगारसम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै


    • आइतवार, फाल्गुण २९ २०७८

    • नेपाल वाइड


    वैदेशिक रोजगारसम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै
    फायल तस्बिर

    काठमाडौं । वैदेशिक रोजगारमा गएर समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपूर्तिलगायत कल्याणकारी सेवाहरू अब अनलाइनबाटै हुने भएको छ ।

    बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरू अनलाइनबाटै हुने व्यवस्था गरेका हुन् ।

    बोर्डले आफ्ना कल्याणकारी सेवाहरू अनलाइनबाटै प्रदान गर्न सफ्टवेयर बनाएको छ । जसअनुसार वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता स्थानीय तहमार्फत निवेदन लिई नजिकको हकदारको बैंक खातामा सिधै जाने व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

    वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक संयोजक रहने गरी मन्त्रालय, विभाग, वीमा समिति, बैंकका प्रतिनिधि सम्मिलित वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली निर्देशक समिति पनि गठन गरिएको छ ।

    सम्बन्धित समाचार