Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा कोभिड संक्रमितको संख्या ६ मा झर्‍यो

    खोटाङमा कोभिड संक्रमितको संख्या ६ मा झर्‍यो


    • सोमवार, फाल्गुण २३ २०७८

    • नेपाल वाइड


    खोटाङमा कोभिड संक्रमितको संख्या ६ मा झर्‍यो
    सांकेतिक तस्बिर

    खोटाङ, २३ फागुन । खोटाङमा कोभिड–१९ बाट सक्रिया संक्रमितको संख्या ६ मा झरेको छ । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार र सोमबार सक्रिया संक्रमितको संख्या स्थिर रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    ८ संक्रमितमध्ये आइतबार दुई जना निको भएकोमा सोमबार कोही पनि संक्रमणमुक्त नभएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

    जिल्लामा कोरोना संक्रमणको पहिलो, दोश्रो र तेश्रो लहरमा गरी हालसम्म ३ हजार ४९२ जनालाई संक्रमण पूष्टि हुँदा निको हुनेको कुल संख्या ३ हजार ४४३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    हालसम्म जिल्लाका १ लाख २१ हजार ४३० जनाले पहिलो मात्राको र १ लाख ७ हजार ४२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ ।

    यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

    सम्बन्धित समाचार