Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगा : अस्पतालको घडेरी सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतीग्रस्त

    जन्तेढुंगा : अस्पतालको घडेरी सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतीग्रस्त


    • बुधवार, फाल्गुण ११ २०७८

    • नेपाल वाइड


    जन्तेढुंगा  :  अस्पतालको घडेरी सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतीग्रस्त
    अस्पतालका लागि घडेरी बनाउने क्रममा क्षती पुगेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन । तस्बीर सौजन्य : बाजिन्द्र बिष्ट

    खोटाङ, ११ फागुन । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा अस्पताल बनाउन घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतीग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको निती अनुशार १५ शैयाको अस्पताल बनाउनका लागि घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षती पुगेको हो ।

    नजिकै अस्पतालका लागि घडेरी बनाउने क्रममा भवनको जग भत्किएपछि प्राथमिक स्वास्थ्य केन्द्रको तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको छ । भर्ना भएका बिरामी राख्नका लागि बनाइएको सो भवनको टेवा पर्खाल र पेटी भत्किएपछि भवनमुनि भ्वाङ परेको चिसापानीका कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताए ।

    स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुई कोठा भासिएको छ । सो भवनलाई हाल पुरानो सामान राख्न, कोभिड–१९ बाट संक्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टीन लगायतमा उपयोग गरिँदै आइएको थियो ।

    काम नै नदिनेगरी भवनमा क्षती पुगेपछि भुक्तानी रोकिएको जन्तेढुंगा गाउँपालिका श्रोतले जनाएको छ । १५ मंसिर २०७७ मा शिलान्यास गरिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा जग्गादाता प्रेमबहादुर बस्नेतकै घर पनि जोखिममा परेको छ ।

    कुल १८ करोड ६ लाख ८२ हजारको सिमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नु पर्ने अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ । तर सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको छ । कतिपयले अस्पतालको घडेरीका लागि बनाइएको पर्खालको गुणस्तमा समेत प्रश्न उठाइरहेको युवा नेता बाजिन्द्र बिष्ट बताउँछन् ।

    सेवा प्रवाहका दृष्टिले जन्तेढुंगामा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई एकैठाउँमा राख्न खोजिएको हो । तर प्राथमिक स्वास्थ्य केन्द्रको जग कमजोर र बगुवा भएकाले सिमानासम्मको जग्गा खार्ने क्रममा भवनमा क्षती पुगेको हो ।

    क्षती पुगेको संरचना बनाइदिने सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर यादव केसीले बताए । अस्पतालको भवन निर्माण सम्वन्धी स्टेटमेन्ट र कागजात माग गर्दै स्थानीय चिरन श्रेष्ठले २ माघमा गाउँपालिका समक्ष निवेदन दिएका थिए ।

    सम्बन्धित समाचार