Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    फेमिली केयरमा थोराकोसिन्थेसिस गरेर छातीमा जमेको पिप निकालियो

    फेमिली केयरमा थोराकोसिन्थेसिस गरेर छातीमा जमेको पिप निकालियो


    • सोमवार, फाल्गुण ९ २०७८

    • नेपाल वाइड


    फेमिली केयरमा थोराकोसिन्थेसिस गरेर छातीमा जमेको पिप निकालियो
    फेमिली केयर अस्पताल खोटाङमा निमोनिया बिग्रेर छातीमा जमेको पिप निकालेर उपचार गर्दै डा. केके राईको टोली ।

    खोटाङ, ९ फागुन । खोटाङको दिक्तेलमा सेवा सुरु भएको फेमिली केयर अस्पतालमा निमोनिया बिग्रेर छातीमा जमेको पिप निकालिएको छ । केही समयअघि काठ्माण्डौंबाट दिक्तेलमा स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालमा दोर्पाचिउरीडाँडाका नारायण राईको निमोनिया बिग्रँदा देब्रे छातीमा जमेको पिप निकालिएको हो ।

    निमोनिया बिग्रँदै जाँदा फोक्सोको ठाउँमा जमेको करिब ६०० सिसि पिप निकालिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष डा. केके राईले बताए । उपचार अभावमा बिरामीको एकतिरको फोक्सोले मात्र काम गरिरहेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

    फोक्सो बस्ने ठाउँमा जमेको पिप विशेष तरिकाले थोराकोसिन्थेसिस गरेर निकालिएको डा. राईले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि बिरामीलाई फेमिली केयर अस्पताल लगिएको थियो । थोराकोसिन्थेसिसपछि बिरामीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

    जिल्लावासीलाई आफ्नै गाउँठाउँमा इमरजेन्सी स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि काठ्माण्डौं धुम्बाराहीमा रहेको अस्पताललाई दिक्तेल स्थानान्तरण गरिएको हो । खोटाङमा स्वास्थ्यमा जटिल किसिमका समस्या देखिए हेलीकोप्टर चार्टर गर्दै अन्यत्र जानुपर्ने अवस्था छ ।

    कतिपय बिरामीको अस्पताल लैजानेक्रममा बाटैमा ज्यान जाने गरेको छ । भरपर्दो स्वास्थ्य सेवा लिन काठ्माण्डौं पुग्नुपर्ने बाध्यता अन्त्याका लागि अस्पताललाई दिक्तेलमा सारिएको हो ।

    हार्टअट्याक, दम, कडा निमोनिया, एपेन्डिक्स, विभिन्न दुर्घट्ना, प्रसुती सम्वन्धी समस्याबाट गम्भीर बनेका बिरामीलाई छिटो र छरितो उपचार दिने व्यवस्थाका लागि फेमिली केयर अस्पताललाई गाउँमा स्थानान्तरण गरिएको डा. राईले बताए । ५० शैयाको स्वीकृति पाएको अस्पतालमा हाल १५ शैयाको इमरजेन्सी वार्ड सञ्चालनमा ल्याइएको छ ।

    सम्बन्धित समाचार