Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    हलेसी तुवाचुङ : आङ खसेका महिलाको उपचारका लागि घुम्ती शिबिर

    हलेसी तुवाचुङ : आङ खसेका महिलाको उपचारका लागि घुम्ती शिबिर


    • मंगलवार, फाल्गुण ३ २०७८

    • नेपाल वाइड


    हलेसी तुवाचुङ : आङ खसेका महिलाको उपचारका लागि घुम्ती शिबिर
    आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिबिर ।

    खोटाङ, ३ फागुन । आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिबिर सञ्चालन गरिएको छ । आङ खसेका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलालाई लक्ष्यित गर्दै नगरपालिकाले विभिन्न वडामा आङ खस्ने समस्या भएका महिलाको लागि विशेष शिविर तथा पाठेघरको क्यान्सरको जाँच गर्न भिआइए क्याम्प सुरु गरेको हो ।

    लुकेर बसेका आङ खसेका महिलाको पहिचान गर्ने र उपचार सेवा उपलव्ध गराउने लक्ष्यका साथ १ फागुनमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाबाट सुरु गरिएको घुम्ती शिबिर मंगलबार हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पुगेको छ ।

    बाहुनीडाँडामा सञ्चालन गरिएको शिबिरमा आएका ७६ जना सेवाग्राहीमध्ये आङ खसेका ८ जनाको रिङप्रेसरी राखिएको छ । भिआइए जाँचका क्रममा आङ खस्ने समस्याका कारण क्यान्सर भएको एक जना महिला भेटिएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए ।

    यस्तै, २ फागुनमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा सञ्चालन गरिएको शिबिरमा ५२ जना सेवाग्राही लाभान्वित भएका छन् । मंगलटारमा आङ खसेका ६ जनाको शरीरमा रिङप्रेसरी राखिएको छ ।

    सल्लेमा ९० जनाभन्दा बढि सेवाग्राही शिबिरमा आएको सह–संयोजक घिमिरेले बताए । सल्लेमा पुरै आङ खसेका दुई वृद्धाको पहिचान गरिएको छ । पुरै आङ खसे पनि उमेर हदका कारण शल्यक्रीया गर्न नमिल्ने भएकाले घरैमा पुगेर रिङ प्रेसरी राख्ने तयारी गरिएको छ ।

    पुरै आङ खसेका कारण उनीहरुलाई अटो रिक्सामा समेत शिबिरस्थलमा पुर्‍याउन नसकिएको सह–संयोजक घमिरेले बताए ।
    आङ खसेका महिलाको उपचारका लागि सुरु गरिएको घुम्ती शिबिर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैलेको नवलपुरमा पुगेर टुंगिने छ ।

    नगरपालिकाले आङ खस्ने समस्या भएका महिलाको लागि विशेष शिविर तथा पाठेघरको क्यान्सरको जाँच गर्न भिआइए क्याम्पसँगै लामो समयको जन्मान्तरको लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग सम्विन्धी घुम्ती शिबिर पनि सञ्चालन गरिरहेको छ ।

    पाठेघरको क्यान्सर भएका महिलालाई पायक पर्ने शहरमा गएर उपचार गर्नका लागि यातायात खर्च वापत जनही पाँच हजार उपलव्ध गराउने नगरपालिकाले जनाएको छ ।

    घुम्ती शिबिरका लागि मेयर इवन राई, उपमेयर बिमला राई, स्वास्थ्य शाखा संयोजक खेमराज आचार्य, सह–संयोजक घिमिरे, स्वास्थ्यकर्मी लगायतको टोली हिँडिरहेका छन् ।

    सम्बन्धित समाचार