Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा १० जना संक्रमित निको भए

    खोटाङमा १० जना संक्रमित निको भए


    • शुक्रवार, माघ २८ २०७८

    • नेपाल वाइड


    खोटाङमा १० जना संक्रमित निको भए
    सांकेतिक तस्बिर

    खोटाङ, २८ माघ । खोटाङमा शुक्रबार १० जनाले कोरोना संक्रमण जितेका छन् । शुक्रबार २ जना संक्रमित थप हुँदा १० जना संक्रमित निको भएका हुन् ।

    शुक्रबार १७ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनालाई मात्र संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । हाल जिल्लामा कुल सक्रिया संक्रमितको संख्या ११४ मा झरेको छ । सक्रिया संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।

    जिल्लामा कोरोना संक्रमणको पहिलो, दोश्रो र तेश्रो लहरमा गरी हालसम्म ३ हजार ४२४ जनालाई संक्रमण भएकामा निको हुनेको कुल संख्या ३ हजार २९६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    हालसम्म जिल्लाका १ लाख १६ हजार ६८९ जनाले पहिलो मात्राको र ६७ हजार २९ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ ।

    यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

    सम्बन्धित समाचार