Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    एकैदिन खोटाङका ४८ जना कोरोना संक्रमणमुक्त

    एकैदिन खोटाङका ४८ जना कोरोना संक्रमणमुक्त


    • बिहिवार, माघ २७ २०७८

    • नेपाल वाइड


    एकैदिन खोटाङका ४८ जना कोरोना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    खोटाङ, २७ माघ । खोटाङमा बिहीबार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार ४ जना संक्रमित थपिँदा ४८ जनाले कोभिड–१९ को संक्रमणलाई जितेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    जिल्लामा कोरोना संक्रमणको पहिलो, दोश्रो र तेश्रो लहरमा गरी ३ हजार ४२२ जनालाई संक्रमण पूष्टि भएकामा निको हुनेको कुल संख्या ३ हजार २८६ पुगेको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए ।

    बिहिबार १०० जनाको एन्टीजेन परिक्षण गर्दा ४ जनालाई मात्र संक्रमण पूष्टि भएको छ । यससँगै कुल सक्रिया संक्रमितको संख्या १२२ भएको छ । अघिल्लो दिन १६६ संक्रमित थियो । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १६ जार ६८९ जनाले कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । त्यसमध्ये ६७ हजार १९ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

    जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ । यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

    सम्बन्धित समाचार