बिहिवार, माघ २० २०७८
नेपाल वाइड
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् ।