Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङका ८ जना संक्रमणमुक्त

    खोटाङका ८ जना संक्रमणमुक्त


    • बुधवार, माघ १२ २०७८

    • नेपाल वाइड


    खोटाङका ८ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    खोटाङ, १२ माघ । खोटाङमा कोभिड–१९ बाट संक्रमित ८ जनाले संक्रमण जितेका छन् । जिल्लामा बुधबार १९ जना संक्रमित थपिँदा ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    जिल्लाका विभिन्न स्थानमा गरिएको एन्टीजेन परीक्षणमा बुधबार थप १९ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । यससँगै जिल्लामा कोभिड–१९ को तेश्रो लहरमा संक्रमित हुनेको संख्या १५८ पुगेको छ । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् ।

    कोभिड महामारीको सुरुवातदेखि हालसम्ममा जिल्लामा कुल संक्रमितको संख्या ३ हजार २२८ पुग्दा ३ हजार ५२ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

    जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ । यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

    सम्बन्धित समाचार