Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कर्मचारीलाई कोरोना देखिएपछि पाल्पा प्रशासनमा अत्यावश्यकबाहेक सेवा बन्द

    कर्मचारीलाई कोरोना देखिएपछि पाल्पा प्रशासनमा अत्यावश्यकबाहेक सेवा बन्द


    • आइतवार, माघ ९ २०७८

    • नेपाल वाइड


    कर्मचारीलाई कोरोना देखिएपछि पाल्पा प्रशासनमा अत्यावश्यकबाहेक सेवा बन्द
    फायल तस्बिर

    पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आइतबारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्र बाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ । पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ ।

    सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो । सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । जिप्रकाले कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ ।

    सम्बन्धित समाचार