Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा ९ संक्रमित थपिए, एक संक्रमितले जिते कोरोना

    खोटाङमा ९ संक्रमित थपिए, एक संक्रमितले जिते कोरोना


    • आइतवार, माघ ९ २०७८

    • नेपाल वाइड


    खोटाङमा ९ संक्रमित थपिए, एक संक्रमितले जिते कोरोना
    सांकेतिक तस्बिर

    खोटाङ, ८ माघ । खोटाङमा एकै दिन कोरोनाका ९ संक्रमित थपिएका छन् । विभिन्न स्थानीय तहमा शनिबार १५ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको हो ।

    यससँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ६२ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । संक्रमितमध्ये शनिबार एक जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिया संक्रमित हाल होमआइसोलेसनमा बसिरहेका छन् ।

    स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् ।

    जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ । यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को प्रथम लहर यता जिल्लाका ३ हजार ४१ संक्रमितले कोरोना जितेका छन् । यस अवधिमा १५ जनाले ज्यान गुमाएका छन् ।

    जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

    सम्बन्धित समाचार