Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य

    सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य


    • शुक्रवार, माघ ७ २०७८

    • नेपाल वाइड


    सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य
    फायल तस्बिर

    काठमाडौं । सार्वजनिक सेवा लिन र हिँडडुल गर्दा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले शुक्रबारदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।

    गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो । जसअनुसार कुनै पनि सेवा लिन जाँदा व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ । कार्ड नै नबोकेर मोबाइलबाट खोप कार्डको फोटो देखाएर पनि सेवा लिन सकिनेछ ।

    नेपालमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएपछि सरकारले स्वास्थ्य मापदण्ड र खोपलाई प्राथमिकता दिएको छ । बिहीबार मात्र नेपालमा १२ हजार बढीमा संक्रमण पुष्टि भएको छ । देशभरका संक्रमितमध्ये आधा काठमाडौं उपत्यकामा छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ ।

    सम्बन्धित समाचार