Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोरोना संक्रमण

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोरोना संक्रमण


    • बिहिवार, माघ ६ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोरोना संक्रमण
    दिक्तेलको सरस्वती आवि पोखरी केन्द्रमा कोभिड विरुद्धको खोप लगाउँदै महिला ।

    खोटाङ, ६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोरोना संक्रमण पूष्टि भएको छ । बिहिबार २७ जनाको एन्टीजेन परीक्षण गर्दा एकैदिन ६ पुरुष र ६ महिलालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको हो ।

    यससँगै नगरपालिकामा सक्रिया संक्रमितको संख्या ३६ पुगेको छ । सक्रिया संक्रमितमध्ये २५ पुरुष र ११ महिला रहेको नगरपालिकाले जनाएको छ । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । हालसम्म नगरपालिकाका ९२ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

    जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

    सम्बन्धित समाचार