Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पूष्टि

    खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पूष्टि


    • बुधवार, माघ ५ २०७८

    • नेपाल वाइड


    खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पूष्टि
    खोटाङको दिक्तेलमा मोडेर्ना खोप लगाउँदै एक छात्रा । तस्बीर : नेपालवाईड डटकम

    खोटाङ, ५ माघ । खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पूष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जना र खोटेहाङ गाउँपालिकामा ४ जनालाई कोरोना संक्रमण पूष्टि भएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बुधबार १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनालाई संक्रमण पूष्टि भएको हो । यससँगै नगरपालिकामा सक्रिया संक्रमितको संख्या २४ जना पुगेको छ ।

    खोटेहाङ गाउँपालिकामा शंकास्पद ८ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनालाई संक्रमण पूष्टि भएको हो । संक्रमितहरु होमआइसोलेसनमा बसिरहेका छन् । जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ ।

    संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

    सम्बन्धित समाचार