Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप पाँच जनालाई कोरोना संक्रमण पूष्टि

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप पाँच जनालाई कोरोना संक्रमण पूष्टि


    • आइतवार, माघ २ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप पाँच जनालाई कोरोना संक्रमण पूष्टि
    खोटाङको दिक्तेलमा मोडेर्ना खोप लगाउँदै एक छात्रा । तस्बीर : नेपालवाईड डटकम

    खोटाङ, २ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप पाँच जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको छ । आइतबार ९ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनालाई संक्रमण पूष्टि भएको हो ।

    यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र संक्रमितको संख्या ८ पुगेको छ । शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनालाई संक्रमण पूष्टि भएको थियो । संक्रमित होमआइसोलेसनमा बसिरहेको नगरपालिकाले जनाएको छ ।

    कोभिड–१९ को संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको छ । जिल्लामा पछिल्लो हप्ता दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ ।

    सम्बन्धित समाचार