Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    जन्तेढुंगा : कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द

    जन्तेढुंगा : कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द


    • शनिवार, माघ १ २०७८

    • नेपाल वाइड


    जन्तेढुंगा  : कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द
    जन्तेढुंगा गाउँपालिकाको कार्यालय । तस्बीर  : दमन राई

    खोटाङ, माघ १ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पूष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तरगतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए ।

    हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परिक्षण भइरहेको छ । ३ माघदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोप कार्ड तथा एन्टीजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ ।

    यस्तै, गाउँपालिका अन्तरगतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार