Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा पुःन देखिन थाले कोरोना संक्रमण

    खोटाङमा पुःन देखिन थाले कोरोना संक्रमण


    • मंगलवार, पौष २७ २०७८

    • नेपाल वाइड


    खोटाङमा पुःन देखिन थाले कोरोना संक्रमण
    खोटाङको दिक्तेलमा मोडेर्ना खोप लगाउँदै एक छात्रा । तस्बीर : नेपालवाईड डटकम

    खोटाङ, २७ पुस । खोटाङमा पुःन कोभिड–१९ को संक्रमण देखिन थालेका छन् । रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा शुक्रबार एक/एक जनालाई संक्रमण पूष्टि भएको हो ।

    ८ जनाको एन्टीजेन परीक्षण गर्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २८ वर्षीय पुरुषलाई संक्रमण पूष्टि भएको हो । सो गाउँपालिकामा बिहिबार ७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जना पुरुषलाई संक्रमण पूष्टि भएको थियो ।

    जन्तेढुंगा गाउँपालिकामा गाउँपालिकाकै पुरुष कर्मचारीलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को महामारी साम्य भएको केही समयपछि पुःन संक्रमण फैलिन थालेपछि नागरिकमा त्रास सुरु भएको छ ।

    सम्बन्धित समाचार