Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल प्रहरीका ३४ जना एसपीको सरुवा

    नेपाल प्रहरीका ३४ जना एसपीको सरुवा


    • आइतवार, पौष २५ २०७८

    • नेपाल वाइड


    नेपाल प्रहरीका ३४ जना एसपीको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ३४ जना उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । आज (आइतवार) प्रहरी महानिरीक्षकले ३४ जनालाई सरुवा गर्ने निर्णय गरेको हो ।

    प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका एसपीहरुको पुस महिनाको तलब भत्ता समेत हाल सरुवा गरिएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ ।

    प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सालबाट अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ ।

    यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत अरुण पौडेललाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी तानिएको छ ।

    सम्बन्धित समाचार