Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    जनसेवा सामुदायीक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु

    जनसेवा सामुदायीक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु


    • शुक्रवार, पौष २३ २०७८

    • नेपाल वाइड


    जनसेवा सामुदायीक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु
    जनसेवा सामुदायीक अस्पतालमा जडान गरिएको डिजिटल एक्स–रे मेसिन ।

    खोटाङ, २३ पुस । खोटाङको जनसेवा सामुदायीक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायीक अस्पतालमा पुरानो प्रविधिको एक्स–रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो ।

    स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७/०८८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स–रे जडान गरिएको जनसेवा सामुदायीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।

    अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान, तार खरिद, सपोर्टिङ उपकरण खरिदमा थप ५ लाख बढी खर्च भएको छ । डिजिटल एक्स–रे मेसिन र सो प्रिन्टिङ मेसिन खरिद समेतका लागि वजेट माग गर्दा डिजिटल एक्स–रे मेसिन मात्र प्राप्त भएको अस्पतालले जनाएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफै डिजिटल एक्स–रे मेसिन खरिद गरेर अस्पताललाई उपलव्ध गराएको हो । यसअघि सानो क्षमताको एक्स–रे मेसिनमार्फत सेवा प्रवाह गर्दैआएकामा डिजिटल एक्स–रे मेसिनले एक्स–रे सम्वन्धी सेवा सरल र सहज बनेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । प्रिन्टिङ मेसिन अभावमा डेभलपर (परम्परागत उपकरण) मार्फत रिपोर्ट दिने गरिएको छ ।

    जनसेवा समाज नेपाल जालपामार्फत जालपाका स्थानीयको पहलमा जिल्लामै पहिलोपल्ट स्थापना गरिएको सामुदायीक अस्पतालबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र सावाबेँसी गाउँपालिकाका २४ वडाका स्थानीय लाभान्वित हुँदैआएका छन् ।

    ‘हामीले सरल र सहज मूल्यामा स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएका छौँ,’ व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, ‘पुरानो मोडेलको मेसिनबाट एक्स–रे सेवा दिनुपर्ने बाध्यताबाट मुक्त भएका छौँ ।’

    सम्बन्धित समाचार