Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङका २० हजार वालबालिकालाई मोडर्ना खोप दिइदै

    खोटाङका २० हजार वालबालिकालाई मोडर्ना खोप दिइदै


    • बुधवार, पौष २१ २०७८

    • नेपाल वाइड


    खोटाङका २० हजार वालबालिकालाई मोडर्ना खोप दिइदै
    वालबालिकालाई मोडर्ना खोप दिइदै ।

    खोटाङ, पुस २१ । खोटाङका पाँच स्थानीय तहका वालबालिकालाई कोभिड–१९ विरुद्ध मोडर्ना खोप दिइएको छ । बराहपोखरी गाउँपालिकामा १७ पुसदेखि १९ पुस, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८ पुसदेखि २० पुस, खोटेहाङ गाउँपालिकामा १८ पुसदेखि २० पुस, हलेसी तुवाचुङ नगरपालिकामा १८ पुसदेखि २० पुस र रावाबेँसी गाउँपालिकामा १८ पुसदेखि २० पुससम्ममा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका वालबालिकालाई मोडर्ना खोप दिइएको हो । १० स्थानीय तह रहेको जिल्लामा २० हजार वालबालिकालाई मोडर्ना खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    साकेला गाउँपालिकामा १९ पुसदेखि २१ पुस, ऐसेलुखर्क गाउँपालिकामा १९ पुसदेखि २१ पुस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१ पुसदेखि २३ पुस, केपिलासगढी गाउँपालिकामा २० पुसदेखि २३ पुससम्म र जन्तेढुंगा गाउँपालिकामा २० पुसदेखि २३ पुससम्म मोडर्ना खोप अभियान सञ्चालन भइरहेको छ । खोप लगाउनेमा अधिकांश छात्र/छात्रा छन् ।

    सम्बन्धित समाचार