Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण, ११ जना संक्रमणमुक्त

    प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण, ११ जना संक्रमणमुक्त


    • सोमवार, पौष १९ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण, ११ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, १९ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण भएको छ । ४२३ जनाको पीसीआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

    प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १३५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार