Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण, ६ जना कोरोना संक्रमणमुक्त

    प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण, ६ जना कोरोना संक्रमणमुक्त


    • आइतवार, पौष १८ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण, ६ जना कोरोना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, १८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २, झापाको मेचीनगर र सुनसरीको इटहरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

    प्रदेश १ मा आज ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

     

    सम्बन्धित समाचार