Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण, ६ जना संक्रमणमुक्त

    प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण, ६ जना संक्रमणमुक्त


    • शनिवार, पौष १७ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण, ६ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, १७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, झापामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, कानेपोखरी र रंगेलीमा १–१, झापाको विर्तामोड र बाहृदशीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

    प्रदेश १ मा आज ६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार