Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण, ६ जना संक्रमणमुक्त

    प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण, ६ जना संक्रमणमुक्त


    • बुधवार, पौष १४ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण, ६ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, १४ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । ३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ३–३ र सुनसरीमा २ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा र झापाको विर्तामोडमा ३–३, सुनसरीको दुहवी र धरानमा १–१ जनामा संक्रमण देखिएको हो ।

    प्रदेश १ मा आज ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १०९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

    सम्बन्धित समाचार