Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दुबै मिर्गौला फेल भएकी बालिकालाई ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’को सहयोग

    दुबै मिर्गौला फेल भएकी बालिकालाई ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’को सहयोग


    • शुक्रवार, पौष ९ २०७८

    • नेपाल वाइड


    दुबै मिर्गौला फेल भएकी बालिकालाई ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’को सहयोग
    दुबै मिर्गौला फेल भएकी बालिकालाई उपचार खर्च प्रदान गर्दै ग्रुपका प्रतिनिधि ।

    खोटाङ, ९ पुस । खोटाङका युवाले सञ्चालन गरेको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ले दुबै मिर्गौला फेल भएकी बालिकालाई उपचार खर्च प्रदान गरेको छ ।

    जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी बस्दै आएका युवा उमेश कोइरालाले सञ्चालनमा ल्याएको फेसबुक ग्रुपमार्फत खोटेहाङ गाउँपालिका–४ बड्कादियालेकी १४ वर्षीय कविता बिश्वकर्मालाई १० हजार सहयोग जुटाइएको हो ।

    दुबै मिर्गौला फेल भएपछि हाल त्रिभुवन शिक्षण अस्पताल काठ्माण्डौंमा उपचाररत बिश्वकर्माको उपचारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ फेसबुक ग्रुपमार्फत सहयोग जुटाएर हस्तान्तरण गरिएको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’का एड्मिन कोईरालाले जानकारी दिए ।

    हाल भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा ९ मा अध्ययनरत बालिकाको जीवन रक्षाका लागि कोइरालाको संयोजत्वमा सुमन कार्की, रामबाबु न्यौपाने, नविना दाहाल, निता खत्री लगायतको टोलीले सहयोग अभियान सञ्चालन गरेका थिए ।

    ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ले स्वास्थ्य समस्यामा परेका सर्वसाधारणको सहयोगमा रकम जुटाएर सामाजिक काम गर्दै आएको छ । मिर्गौला फेल भएका बालिकालाई सहयोगका लागि उनकै बुवा श्यामकुमार विश्वकर्मालाई मोबाईल नम्बर ९८६०५५४४२४ मा सम्पर्क गर्न सकिन्छ ।

    सम्बन्धित समाचार