Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    यातायात

    केपिलासगढीमा जीप तथा वसको भाडा निर्धारण

    केपिलासगढीमा जीप तथा वसको भाडा निर्धारण


    • बुधवार, मंसिर २९ २०७८

    • नेपाल वाइड


    केपिलासगढीमा जीप तथा वसको भाडा निर्धारण
    फायल तस्बिर

    खोटाङ, २९ मंसिर । खोटाङको केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलाबाट छुट्ने लामो तथा छोटो दुरीको जीप तथा वसको भाडा निर्धारण गरिएको छ । गाउँ कार्यपालिका र यातायात व्यवसायीको संयुक्त बैठकले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट छुट्ने जीप तथा बसको भाडा निर्धारण गरेको हो ।

    गाउँपालिका अध्यक्ष कृष्णकुमार राईको अध्यक्षतामा बसेको बैठकले जीपबाट बाक्सिला–काठ्माण्डौंका लागि एकतर्फी जनही २ हजार ५००, बाक्सिला–कटारी–धरानका लागि २ हजार ७००, बाक्सिला गाईघाट–धरानका लागि २ हजार ४०० भाडा निर्धारण गरेको छ ।

    यस्तै, बाक्सिला–हुर्लुङका लागि ६००, बाक्सिला–दिक्तेलका लागि ७००, बाक्सिला–थर्पुका लागि १००, बाक्सिला–आम्बोटेका लागि १५०, बाक्सिला–जालपाका लागि ३५०, बाक्सिला–महुरेका लागि ७००, बाक्सिला–अर्खौलेका लागि ८५०, बाक्सिला–हलेसीका लागि १ हजार, बाक्सिला–च्यास्मीटारका लागि १ हजार ३००, बाक्सिला–जयरामका लागि १ हजार ४०० भाडा तोकिएको छ ।

    बाक्सिला–हिलेपानीका लागि १ हजार ५००, बाक्सिला–घुर्मीका लागि १ हजार ६००, बाक्सिला–रसुवाका लागि १ हजार ५००, बाक्सिला–गाईघाटका लागि २ हजार, बाक्सिला–बेलटारका लागि २ हजार २०० र बाक्सिला–कटारीका लागि २ हजार १०० रुपैयाँ भाडा तोकिएको गाउँपालिकाले जनाएको छ ।

    यस्तै, बसमा बाक्सिला–हुर्लुङका लागि ५००, बाक्सिला–दिक्तेलका लागि ६००, बाक्सिला थर्पुका लागि १००, बाक्सिला–आम्बोटेका लागि १५० र बाक्सिला–जालपाका लागि ३०० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

    सम्बन्धित समाचार