आइतवार, मंसिर २६ २०७८
नेपाल वाइड
खोटाङ, २६ मंसिर । डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोवल आइएमई बैंकले दिक्तेलबजारमा वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्वन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने/गराउने लक्ष्यका साथ बैंकले आइतबार जिल्ला समन्वय समितिको सभाहलमा डिजिटल बैंकिङ सम्वन्धी कार्यक्रम गरेको हो ।
डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहन गर्दै सेवाग्राहीलाई सरल र सहज तरिकाले बैंकिङ कारोबार गर्ने स्थानमा पु¥याउनका लागि डिजिटल बैंकिङ सम्वन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको ग्लोवल आइएमई बैंकका प्रदेश नम्बर १ का प्रमुख सुवास सापकोटाले बताए ।
पछिल्लो समय परम्परागत बैंकिङ कारोबारलाई डिजिटल माध्यमले विस्थापित गर्दै लगेको सन्दर्भमा ग्लोवल आइएमई बैंकले मोबाईल सेटबाटै डिजिटल बैंकिङको प्रयोग, यसको सुरक्षा, डिजिटल बैंकिङ सेवा लिने विधि तथा फाइदाका बारेमा सर्वसाधारणलाई जानकारी दिँदै आएको जनाएको छ ।
डिजिटल वित्तीय चेतना तथा पहुँचलाई स्थानीय स्तरसम्म पुर्याएर घरैमा बसी–बसी बैंकिङ कारोबार गर्ने वातावरण सिर्जना गर्ने लक्ष्यका साथ वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्वन्धी कार्यक्रम गरिएको ग्लोवल आइएमई बैंकका डिजिटल बैंकिङ डिपार्टमेन्टका अफिसर विजय सापकोटाले बताए ।
कार्यक्रममा सो बैंकका मार्केटिङ डिपार्टमेन्टका सिलेसनसीप अफिसर दिप्ती ढुंगेलले डिजिटल बैंकिङ अनिवार्य रुपमा लागू हुँदै गएकाले यसको प्रयोग गर्ने विधिका बारेमा सबैले जानकारी राख्नुपर्ने समय आएको बताएकी छन् ।