Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि बालिकाको बेहाल

    जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि बालिकाको बेहाल


    • बिहिवार, मंसिर २३ २०७८

    • नेपाल वाइड


    जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि बालिकाको बेहाल
    शुष्मा तिवारी । तस्बिर : सञ्जिव कार्कीको फेसबुक

    खोटाङ, २० मंसिर । जिव्रो सुन्निएर मुख बाहिर निस्किएको छ । खाना खान र बोल्न समेत त्यही सुन्निएको जिब्रो वाधक बनिरहेको छ खोटाङकी १६ वर्षीय शुष्मा तिवारीका लागि ।

    जिव्रोले सुन्निएर अस्वभाविक आकार लिएपछि ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क दिम्मापातेलकी शुष्मा दर्दनाक पीडा खेप्न बाध्य बनेकी छन् । जन्मेको एक/डेढ वर्षको उमेरदेखि नै शुष्माको जिव्रो बढेर बाहिरै निस्कन पुगेको हो । सुरुमा जिव्रोमा देखिएको स–साना विविरा बढ्दै जाँदा उनको जिव्रो मुखभरीको बनेको बुवा दिनेश तिवारी बताउँछन् ।

    शुष्मा हाल स्थानीय त्रिभुवन माबिमा कक्षा–९ मा अध्ययनरत छिन् । पढाई र अतिरिक्त क्रियाकलापमा अव्वल छिन् उनी तर उनलाई सँधै सुन्निएको जिव्रोले पिरोलिरहेको छ ।

    उनलाई सानैछँदा फाप्लु (सोलुखुम्बु) र काठ्माण्डौं उपचारमा लगिए पनि रोग पत्ता नलाग्दा निको नभएको दिनेशले बताए । “छोरीलाई सुन्निएको जिव्रोले खाना खान र बोल्नै अप्ठ्यारो हुन्छ ।

    जिव्रोलाई एकातिर ठेलेर खाना मुखमा हाल्नु पर्ने अवस्था छ,” दिनेशले भने, “पहिला उपचारमा लग्यौं तर निको भएन । बाहिर निस्केको जिब्रोलाई हावा, धुलोमैलोबाट जोगाउन कठिन परिरहेको छ ।”

    मुखबाट बाहिर निस्केको जिब्रोलाई उनले रुमालले ढाक्ने गरेकी छन् । बाहिर निस्केको जिव्रोबाट निरन्तर ¥याल झर्छ । सुतेको ठाउँमा र्‍यालले सिरानी भिज्ने गरेको छ । कोचेजस्तो गरेर मुखमा खाना छिराउनु पर्ने दर्दनाक अवस्थामा छिन् शुष्मा ।

    उनको नाजुक अवस्था देख्नेहरु झस्कने गरेका छन् । सुन्निएर करिब एक पाउण्ड तौल बराबरको बनेको जिब्रोमा कहिलेकहीँ घाउखटिरा समेत आउने गरेको छ । जिब्रोको समस्याका कारण कतिपयले उनलाई घृणा गर्ने गरेका छन् ।

    जिब्रोको समस्यले कष्टपूर्ण दिन बिताइरहेकी शुष्मा घरकी जेठो सन्तान हुन् । आमा सिर्जना तिवारी भने शुष्माको जिब्रोको समस्य जन्मजात भएको दाबी गर्छिन् । सिर्जनाका अनुशार घाँटीमा नाल बेरिएको अवस्थामा जन्मिएकी शुष्माको जिब्रोमा स–साना बिबिरा/खटिरा देखिएको र जिब्रो पनि सामान्यभन्दा लामो देखिएको थियो ।

    उपचार गर्न आर्थिक अभाव

    शुष्माको सुन्निएको जिव्रोको उपचारका लागि परिवारलाई आर्थिक समस्या छ । कमजोर आर्थिक अवस्थाका कारण शुष्मालाई हालसम्म सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न नसकिएको दिनेश बताउँछन् । उपचार नहुँदा शुष्मा दशकदेखि दर्दनाक दिनचर्य विताउन वाध्य छिन् । सुन्निएको जिब्रोको उपचारका लागि तिवारी परिवारले सहयोगको याचना गरेका छन् ।

    शुष्मा उपचार सहयोग अभियान सुरु

    जिव्रो सुन्निएर सकसपूर्ण जीवन विताइरहेकी शुष्माको उपचारका लागि सुनसरीमा सहयोग अभियान थालिएको छ । पुर्खौली थलो खोटाङ भइ हाल इटहरी बसिरहेका सविन भट्टराई (खत्री) र धुर्व अधिकारीको अगुवाईमा शुष्माको उपचार सहयोग अभियान थालिएको हो ।

    विशेषज्ञ डाक्टरको परामर्शमा शुष्माको जिव्रोको उपचारका लागि आर्थिक संकलन अभियान थालिएको अभियान्ता भट्टराईले बताए ।

    “शुष्माको वारेमा जानकारी भएपछि पाँच हजार खर्च पठाएर इटहरीमा बोलायौं । नोवेलमा लगेर देखायौँ,” भट्टराईले भने, विशेषज्ञ डाक्टरले छ/सात लाख खर्च जम्मा गरेर केएमसी लैजाने परामर्श दिनु भएको छ । उपचार गर्दा निको हुने जानकारी पाएका छौँ ।”

    शुष्माको उपचारका लागि हालसम्म १ लाख सहयोग जम्मा भइसकेको छ । तीन लाख जम्मा भएपछि अस्पताल भर्ना गरेर उपचार सुरु गर्ने तयारी गरिएको अभियान्ता भट्टराईले बताए ।

    सम्बन्धित समाचार