Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    खोटेहाङ : विद्यावारिधी र एमफिल गर्नेलाई गाउँपालिकाको छात्रबृत्ति

    खोटेहाङ : विद्यावारिधी र एमफिल गर्नेलाई गाउँपालिकाको छात्रबृत्ति


    • बिहिवार, मंसिर २ २०७८

    • नेपाल वाइड


    खोटेहाङ :  विद्यावारिधी र एमफिल गर्नेलाई गाउँपालिकाको छात्रबृत्ति
    खोटेहाङ गाउँपालिकाको कार्यालय

    खोटाङ । २ मंसिर, खोटाङको खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभित्रका शोधकर्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ ।

    आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक बजेट अनुसार गाउँपालिकाले विद्यावारिधी शोधकर्ता, एमफिल अध्ययनकर्ता र स्नातकोत्तर तहका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने तयारी गरेको हो ।

    उच्च शिक्षा छात्रवृत्ति, सम्मान र पुरस्कार शीर्षकमा विनियोजित कार्यक्रमको बारेमा गाउँपालिका र गाउँ कार्यपालिकाको १२ कात्तिकको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बुधबार सूचना जारी गर्दै इच्छुक उम्मेद्वारालाई उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन दिन आव्हान गरेका छन् ।

    खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भइ स्वदेशमै बसेर विद्यावारिधी गरिरहेका शोधकर्तालाई जनही १ लाख ११ हजार १११, खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भइ स्वदेशमै एमफिल गरिरहेका अध्ययनकर्तालाई जनही ५५ हजार ५५५ र खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भइ स्वदेशमै स्नातकोत्तर अध्ययन गर्ने सवै दलित तथा महिलालाई नगद ३३ हजार ३३३ रुपैयाँ छात्रबृत्ति प्रदान गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

    उच्च शिक्षा हासिल गर्न चाहने पालिकाबासी विद्यार्थीको सहयोग र प्रोत्साहनका लागि छात्रबृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम लागू गरेको हो ।

    स्नातकोत्तर अध्ययन गर्ने सवै दलित तथा महिला विद्यार्थीका लागि भने चालु आर्थिक वर्षदेखि छात्रबृत्ति उपलव्ध गराउने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए । छात्रबृत्तिका लागि पिएचडि र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै बिश्वविद्यालयमा अध्ययनरत हुनुपर्ने लगायतका मापदण्ड छ ।

    आर्थिक वर्ष २०७७/०७८ मा खोटेहाङ गाउँपालिका(६ इन्द्रेणीपोखरीका विधावारिधी शोधकर्ता बिष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार