Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा आज ६१ जनामा कोरोना संक्रमण, कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

    प्रदेश १ मा आज ६१ जनामा कोरोना संक्रमण, कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु


    • सोमवार, कार्तिक २९ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा आज ६१ जनामा कोरोना संक्रमण, कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु
    सांकेतिक तस्बिर

    विराटनगर । २९ कात्तिक, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा १३, रंगेलीमा ३ र बेलबारीमा २, झापाको मेचीनगर र भद्रपुरमा ५–५, दमकमा २, विर्तामोड, बुद्धशान्ति, शिवसताक्षी, बाहृदशी र अर्जुनधारामा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र गढीमा १, इलामको चुलाचुली र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार