Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    जनगणना

    जनगणना बारे गुनासो छ ? ११७८ मा फोन गर्नुस्

    जनगणना बारे गुनासो छ ? ११७८ मा फोन गर्नुस्


    • आइतवार, कार्तिक २८ २०७८

    • नेपाल वाइड


    जनगणना बारे गुनासो छ ? ११७८ मा फोन गर्नुस्
    खोटाङको दिक्तेलबजारमा जनगणनाका लागि विवरण संकलन गर्दै गणक लगायत । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । २७ कात्तिक, २५ कात्तिकदेखि मुलुकभर राष्ट्रिय जनगणना भइरहेको छ । ‘मेरो मुख्या गणना, मेरो सहभागीता’ भन्ने नारासहित सुरु गरिएको जनगणना आगामी ९ मंसिरसम्म जारी रहने छ ।

    ‘कोही नछुटौं, कोही नदोहोरियौँ’ भन्ने मूलमन्त्र रहेको राष्ट्रिय जनगणना सम्वन्धी कुनै गुनासो छ ? घरमा विवरण संकलनका लागि गणक आइपुगेनन् ? जनगणनाका बारेमा केही बुझ्नु छ ? चिन्ता नगर्नुस् । यसका लागि केन्द्रीय तथ्यांक विभागले टोल फ्रि नम्बर ११७८ को व्यवस्था गरेको छ ।

    जनगणनाका क्रममा आफ्नो घर छुट भए, गणक नआइपुगे, कुनै त्रुटी भएको पाइए वा आवश्यक सुझाव भए टोल फ्रि नम्बरमा फोन गरेर सहयोग लिन/दिन सकिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए । टोल फ्रि नम्बरमा फोन गरेपछि जिल्ला जनगणना कार्यालयमा सो बारेमा जानकारी आउने जनाइएको छ ।

    ‘जनगणनाका बारेमा कुनै समस्या वा अस्पष्टता भएमा टोल फ्रि नम्बरमा जो सुकैले फोन गर्न सक्छन्,’ जनगणना अधिकारी कोईरालाले भने, ‘टोल फ्रि नम्बरमा फोन गएपछि पुःन हामीलाई फोन आउँछ र समस्या समाधानका लागि पहल हुन्छ ।’

    विकास पुर्वाधार, शिक्षा, स्वास्थ्य, पेशा, व्यवसाय, वित्तीय पहुँच, विकास निर्माणका नयाँ, सही र तथ्यगत योजना बनाउनका लागि जनगणनाको तथ्यांक महत्वपूर्ण हुने भएकाले जगनणनाका ‘कोही नछुट्न र नदोहोरिन’ जनगणना कार्यालयको आग्रह छ ।

    विकास, नीति निर्माण, योजना र कार्यक्रम गर्ने तथ्यांक र जानकारी लिनका लागि नेपाल संघीय संरचनामा गएपछिको पहिलो जनगणना सुरु गरिएको हो ।

    सरकारी सेवा सुविधामा पहुँच र गरिबी निवारण कार्यक्रम तर्जुमा गर्न, विपद जोखिमको योजना बनाउन, विविधतामा एकता कायम गर्न, लैंगिक तथा सामाजिक समावेसीकरण व्यवस्था गर्न, वैवाहिक अवस्था, प्रजनन्, सुरक्षित गर्भावस्था, शिशु मृत्युदर र मातृमृत्यु दरको अवस्था, कामको सही मूल्यांकन, अपांगता भएका व्यक्तिको अवस्थाका बारेमा जानकारी लिएर सोही अनुसार योजना बनाउन हरेक १० वर्षमा जनगणना गर्ने गरिएको छ । राष्ट्रिय जनगणनाका लागि खोटाङमा २९० गणक खटाइएका छन् ।

    गणकले ७० वटा मूख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण, जनसांख्यिक विवरण, शैक्षिक विवरण, बसाईसराई सम्वन्धी विवरण, प्रजनन् सम्वन्धी विवरण, वालबालिकाको बसाईको अवस्था, अपांगता सम्वन्धी विवरण, आर्थिक क्रियाकलाप सम्वन्धी विवरण संकलन गरिरहेको कार्यालयले जनाएको छ ।

    गत ३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घर तथा घरपरिवार सूचीकरणमा खोटाङमा ५८ हजाभन्दा बढि घरहरु रहेको, ३९ हजारभन्दा बढी घरहरुमा ४१ हजारभन्दा बढी परिवारको बसोबास रहेको तथ्यांक आएको जनगणना अधिकारी कोईरालाले बताए । २०६८ सालको जनगणना अनुसार खोटाङको जनसंख्य २ लाख ६ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ जना थियो ।

    सम्बन्धित समाचार