Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    जनगणना

    राष्ट्रिय जनगणनाका लागि २९० गणक खटाइए

    राष्ट्रिय जनगणनाका लागि २९० गणक खटाइए


    • शुक्रवार, कार्तिक २६ २०७८

    • नेपाल वाइड


    राष्ट्रिय जनगणनाका लागि २९० गणक खटाइए
    पत्रका सम्मेलनमा जनगणनाको विषयमा जानकारी दिँदै जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी) । तस्बिर ः नेपालवाईड डटकम

    खोटाङ । २५ कात्तिक, राष्ट्रिय जनगणनाका लागि खोटाङमा २९० गणक खटाइएका छन् । छनौट भएका गणकलाई १३ कात्तिकदेखि १६ कात्तिकसम्म आवश्यक तालिम दिएर २५ कात्तिकदेखि आगामी ९ मंसिरसम्म सञ्चालन हुने मुख्य जनगणनाकालागि खटाइएको हो ।

    ‘मेरो मुख्या गणना, मेरो सहभागीता’ भन्ने नारासहित संघीयतापछिको पहिलो राष्ट्रिय जनगणना बिहिबारदेखि सुरु गरिएको हो । ‘कोही नछुट्ने र कोही नदोहोरिने गरी अक्सर बसोबास गर्ने परिवारका अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको’ गणना मूख्य प्रश्नावलीमार्फत सुरु गरिएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए ।

    गणकले ७० वटा मूख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण, जनसांख्यिक विवरण, शैक्षिक विवरण, बसाईसराई सम्वन्धी विवरण, प्रजनन् सम्वन्धी विवरण, वालबालिकाको बसाईको अवस्था, अपांगता सम्वन्धी विवरण, आर्थिक क्रियाकलाप सम्वन्धी विवरण संकलन सुरु गरेको कार्यालयले जनाएको छ । एक घरको गणना पुरा गर्न करिब एक घण्टा समय लागेको कतिपय गणकको भनाई छ ।
    बसाई सर्ने अधिक देखिए ।

    गत ३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घर तथा घरपरिवार सूचीकरणमा खोटाङमा ५८ हजाभन्दा बढि घरहरु रहेको, ३९ हजारभन्दा बढी घरहरुमा ४१ हजारभन्दा बढी परिवारको बसोबास रहेको तथ्यांक आएको जनगणना अधिकारी कोईरालाले बताए ।

    ‘अघिल्लो जनगणनाको आधारमा जिल्लामा करिब ४४ हजार भन्दा बढी घरधुरी रहेको आँकलन गरिएको थियो,’ पत्रकार सम्मेलनमा जनगणना अधिकारी कोईरालाले भने, ‘तर घर छ, रित्तो धेरै देखियो । बाह्य बसाई सराई दर अधिक रहेको पाइएको छ ।’

    जगनणनाका क्रममा कसैको त्रुटी भए वा छुट भए टोल फ्रि नम्बर ११७८ मा फोन गरेर गुनासो राख्ने व्यवस्था मिलाइएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । २०६८ सालको जनगणना अनुसार खोटाङको जनसंख्य २ लाख ६ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ जना थियो ।

    सम्बन्धित समाचार