Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण, ५४ जना संक्रमणमुक्त

    प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण, ५४ जना संक्रमणमुक्त


    • बुधवार, कार्तिक २४ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण, ५४ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । २४ कात्तिक, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा १४, सुन्दरहरैचामा ६, उर्लाबारी र रंगेलीमा २–२, बेलबारी, बुढीगंगा र केराबारीमा १–१, सुनसरीको इटहरीमा ८, धरानमा ५, रामधुनीमा २, बर्जु र बराहक्षेत्रमा १–१, झापाको दमक र मेचीनगरमा २–२, कनकाई, भद्रपुर, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १–१, इलामको चुलाचुली र सुर्योदयमा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४ महिला र ३० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

    सम्बन्धित समाचार