Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रसव व्यथाबाट गम्भीर तीन महिलाको हेलीकोप्टरबाट उद्धार

    प्रसव व्यथाबाट गम्भीर तीन महिलाको हेलीकोप्टरबाट उद्धार


    • सोमवार, कार्तिक २२ २०७८

    • नेपाल वाइड


    प्रसव व्यथाबाट गम्भीर तीन महिलाको हेलीकोप्टरबाट उद्धार
    प्रसव व्याथाले गम्भीर बनेका महिलाको उद्धारमा दिक्तेल आएको हेलीकोप्टर ।

    खोटाङ । २२ कात्तिक, प्रसव व्यथा सम्वन्धी समस्या देखिएका खोटाङका तीन महिलालाई एकै दिन राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको छ ।

    प्रसव व्याथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २३ वर्षीय दीपा आचार्य, साकेला गाउँपालिका–५ मात्तिमका २४ वर्षीय सुनिता राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका २४ वर्षीय मेनुका खड्कालाई सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगतको हेलीकोप्टरबाट उद्धार गरेर प्रसुती गृह थापाथली लगिएको हो ।

    सामान्यतः ४० हप्तामा सुत्केरी व्याथा लाग्नु पर्नेमा दीपालाई ३५ हप्तामै सुत्केरी व्याथा लागेकाले अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका डा. नितु लामाले बताईन् ।

    यस्तै, गर्भ रहेको ३० हप्तामा बच्चा खेल्ने पानीघर फुटेकाले छिटो सुत्केरी व्याथा लाग्ने खतरा देखिएपछि सुनितालाई सुविधा सम्पन्न अस्ताल लैजान रेफर गरिएको हो ।

    बच्चा जन्मने डेट ६ दिन पार गरेको, रक्तचापको समस्या देखिएको र बच्चा खेल्ने पानीको मात्रा कम देखिएकाले मेनुकालाई काठ्माण्डौं रेफर गरिएको डा. लामाले बताईन् ।

    आचार्य र राईलाई पहिलो र खड्कालाई दोश्रो हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पताल लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगत जिल्लाबाट एकै दिन तीन गर्भवती महिलाको उद्धार गरिएको सम्भवतः पहिलो घट्ना हो ।

    अवस्था गम्भीर भएको उल्लेख गर्दै स्वास्थ्य कार्यालयले पठाएको पत्र अनुशार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो ।

    प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव बेदनाले छट्पटिरहेका महिलाको उद्धारका लागि हेलीकोप्टर पठाएको हो । स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्याथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ ।

    जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गर्दा जनप्रतिनिधि तथा नेताबिचमा आफुले पहल गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर राखेर ‘श्रेय लिने’ होड चल्ने गरेको छ ।

    सम्बन्धित समाचार